त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । त्रिविका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज उनीहरुलाई नियुक्त गरेका हुन् ।

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले केसी र रिजालको नाम केही दिनअघि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए । तर, सत्तारुढ एमाले तथा माओवादीले पनि उनीहरुलाई नियुक्त दिन रुचाएका थिएनन् ।

प्रधानमन्त्री दाहाल तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपकुलपति बराललाई उक्त नामहरुमा पुनर्विचार गर्न दबाब दिएका थिए । उनीहरुको सट्टा दलनिकट दाबेदारलाई नियुक्त दिनुपर्ने दुवै नेताको जोड थियो ।

तर, सहकुलपति रहेकी शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति बराल भने केसी र रिजाललाई नै नियुक्त गर्नुपर्ने अडानमा थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *