हङकङलाई ८ विकेटले जित्दै नेपाल सेमिफाइनल प्रवेश

हङकङलाई पराजित गर्दै नेपाल एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाललाई ८ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको हो । नेपालका लागि ओपनरहरु कुशल भुर्तेलले ३२, आसिफ शेखले ४० रन बनाए । कप्तान रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रनको योगदान दिए ।

हङकङका लागि एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले १७.५ ओभरमा हङकङलाई १ सय १४ रनमै अलआउट गरेको थियो । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा भएको खेल वर्षाका कारण ढिलो सुरु भएको थियो भने खेल १८ ओभरमा झारिएको थियो ।

हङकङका लागि अंशी रथले सर्वाधिक ३४, कप्तान निजाकत खानले १२, जीसान अलीले १४ रन बनाए । नेपालका लागि अविनाश बोहराले ३, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान २ विकेट र करन केसीले १ विकेट लिए ।
प्रतियोगितामा लगातार तेस्रो खेल जित्दै नेपालको ६ अंक भएको छ भने ग्रूप एको शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपालले अब साउदी अरेयिबासँग खेल्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर