१५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनाभित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाको विषय भएको बताएका छन् । मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा विडम्बना र नेपालको आफ्नो विशेषता भएको पनि बताए । उनले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन कांग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे ।

राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको उनको भनाइ थियो । तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको र सरकारको पुनःगठन भइरहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर