मधेस प्रदेश सरकारबाट बाहिरियो लोसपा

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने दिन नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारबाट बाहिरिएको छ । लोसपाबाट वन तथा वातावरण मन्त्री रहेका रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएका छन् ।

सरकारको कामकारबाही राम्रो नभएकाले आफूहरू मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने पक्षमा खडा भएको र सरकारबाट समेत फिर्ता आउने निर्णय गरिएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए । लोसपाका सांसद उपेन्द्र महतोले प्रदेश सरकारको कामबाट सन्तुष्ट नरहेकाले आफूहरू सरकारबाट बाहिरिएको जानकारी दिए ।

मधेश प्रदेशसभामा लोसपाका ९ सांसद छन् । एमालेका २५ सांसदमध्ये सभामुखलाई नजोड्दा मुख्यमन्त्रीसँग अहिले ६८ सांसद छन् । जुन बहुमतभन्दा निकै बढी छ । तर, लोसपाका ९ जना सांसदले विश्वासको मत नदिँदा पनि मुख्यमन्त्री यादवसँग ५९ सांसद देखिन्छ । १ सय ७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन बहुमत संख्या ५४ हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर