नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो ।

नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए । यस्तै गुलशन झाले २०, करण केसीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दवाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्य सम्मनै दवाबमा देखिएका थिए ।

युएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले नेपालकाे २-२ विकेट लिए । यस्तै ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर