स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतंक फैल्यायो : सांसद खड्का

नेपाली काँग्रेस सांसद दीपक खड्काले व्यवसायी माथि आतंक मच्चाएको आरोप लगाएका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्काउटको जग्गामा बनाएको पार्टी प्यालेस लगायत सटरमा ताला लगाएर व्यवसायीहरुलाई आतंकित बनाएको आरोप लगाएका हुन् ।

बिहीवार सरकारले १५ वर्षदेखि कब्जा गरेको भन्दै लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिल गरी नियन्त्रणमा लिएको थियो । तर सांसद खड्काले स्काउटको जग्गा आफूले नहडपेको दाबी गरे ।

उनले आफू खड्काल्याण्ड डेभलपमेण्ट प्रालिमा विगत दुई वर्षदेखि आवद्ध नरहेको भन्दै राजनीतिक प्रतिशोध साध्न राज्य लागेको आरोप लगाए । उनले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गर्दै स्काउटको भुक्तानी हिसाव गरेर तिर्न तयार रहेको बताए ।

उनले १५ वर्षअघि स्काउटले सटर बनाउन लिएको ऋण तिर्न नसक्दा आफूले जग्गा लिजमा लिएर सहयोग गरेको बताए । उनले अहिले राज्यले समय अवधि हुँदाहुँदै पनि व्यवसायीहरुलाई गरिखाने वातावरण समेत नदिएको आरोप लगाए । उनले जग्गा भाडामा लिएको १२ वर्षसम्म कुनै समस्या नभएको ठाउँमा एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भुमिकामा लोकबहादुर भण्डारी आएपछि समस्या भएको बताए ।

उनले भण्डारी आएसँगै आफूहरु माथि विभिन्न हतकण्डाहरु अपनाएर हटाउने वा बिस्थापित गर्ने योजनाका साथ लागेको दाबी गरे । राती १० बजे विवाहको पार्टी चलिरहेको अवस्थामा राज्यले व्यवसायीहरुलाई आतंकित बनाउने गरी सिल गर्नु गैरजिम्मेवारी भएको बताए ।

उनले भने,‘ नेपाल स्काउटले कर्जा लिएर बनाएका सटरहरु भाडामा लगाउन पटक–पटक टेण्डर लगाउँदा कसैले नलिएर तिर्ने पैसा नभएपछि मसँग भेटभएपछि सहयोग गरिदिनु प(यो भनेपछि म आएर प्रक्रिया गरेर शुरु गरेको हो । अहिले करिव १५ वर्ष भयो । दोस्रो टेण्डरमार्फत फेरी पनि काम भइरहेको छ । स्काउटको यो जग्गा फोहार फाल्ने ठाउँ जस्तो थियो । त्यस्तो ठाउँलाई व्यवसायिक भवनमा परिणत गर्ने काम भयो । १२ वर्ष समय पार गर्दा समेत कुनै समस्या भएन । तर जब साढे पाँच वर्ष पहिला ६ महिनाका लागि भनेर एमालेको सरकार हुँदा स्काउटको कार्यकारी भुमिकामा लोकबहादुर भण्डारीलाई पठाइयो । त्यहाँदेखि हामी माथि विभिन्न हतकण्डाहरु अपनाउन थाल्नुभयो । यहाँबाट मलाई विस्थापित गर्ने जग्गा कब्जा गर्ने नियतका साथ काम गरेको छन् । स्काउटले यो जग्गा हत्याउन खोज्नुभयो । हामी टेण्डर लिएर बसेका छौं । यसै किन छाड्ने रु नेपाल सरकारलाई चाहियो वा स्काउटलाई चाहियो भने उहाँहरुको जग्गाको जतिखेर पनि लान सक्ने सम्झौतामा उल्लेख छ । यहाँका ४८ परिवारले व्यवसाय सञ्चालन गर्नु भएको छ । उनीहरुलाई राज्यले गरिखान दिएन । स्काउटलाई तिर्नुपर्ने रकम कम्पनीले तिर्छ । म कम्पनीमा छैन । तर म जिम्मा लिएर तिर्छु भनेको छु । राज्यलाई यति ठूलो के गर्न मन लागे छ । व्यवसायीहरुलाई दुःख दिएर राज्यले आतंक गर्नुपर्ने विषय के बनेछ । कानूनी हिसाव त्यस्तो देखिँदैन । सबै हिसाव गर्न तयार छु भन्दा पनि राती १० बजे आएर ताला लगाउनुपर्ने कारण के रहेछ । म भाग्ने सूचना पाउनुभयो की रु राज्यप्रति चिन्ता लागेको छ । राज्य देशमा के गरिरहेको छ । सरकार देशमा किन आतंक मच्याउन खाजेको छ ।’

उनले सरकारले सूचना समेत नदिई, बुझ्दै नबुझी व्यवसायी बन्द गर्नु गलत प्रक्रिया भएको बताए । उनले सरकारले स्काउटको जग्गामा व्यवसाय गर्ने ४८ परिवारलाई व्यवसाय गर्न नदिएर आतंक फैल्याएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर