ललितपुरमा इनारमा खसेका व्यक्तिको सकुशल उद्धार

ललितपुर महानगरपालिका–५ मा शनिबार राति इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ ।

सिन्धुली हरिहरपुरगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४१ वर्षीय बुद्ध लामा तामाङको उद्धार गरिएको हो । मान्छे इनारमा खसेको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय लगनखेल र प्रहरी वृत्त सातदोबाटोबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरी निरीक्षक चूडामणि पुन ४० फिट गहिरो इनारभित्र प्रवेश गरी लामाको उद्धार गरेका थिए । उनलाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर