फ्रान्समा आयोजित एनसीबी कन्फरेन्समा आईजीपी कुँवर सहभागी

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी भएका छन् ।

इन्टरपोलको महासचिवालयको आयोजनामा फ्रान्सस्थित लियोनमा भएको कन्फरेन्समा उनी सहभागी भएका हुन् । महानिरीक्षक कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालको प्रमुखका रुपमा सम्मेलनमा सहभागी भएका हुन् ।

हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ट्रान्सनेशनल संगठित अपराधका विषयमा छलफल हुनेछ । सम्मेलनमा इन्टरपोलका सबै सदस्य राष्ट्रहरू अर्थात् १९६ वटै देशका एनसीबीका प्रमुख तथा प्रतिनिधिहरू सहभागी छन् ।

सो क्रममा महानिरीक्षक कुँवरले भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक समेत तय भएको छ । सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह समेत सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *