यस्तो रहनेछ आजको मौसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ  ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेश लगायत देशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा आज राति पनि हावा हुरीको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर