लुम्बिनीका ७ जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिइएको छ ।

एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।

नागरिक उन्मुक्तिबाट मन्त्री बनेका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, एकीकृत समाजवादीका खड्ग बस्नेतलाई पर्यटन उद्योग तथा सहकारी मन्त्रालय र भगवती अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर