महोत्तरीमा भीषण आगलागी, १ सय घरमा क्षति

महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ । आगलागीमा परी करिब १ सय घर क्षति पुगेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डले बताए ।

मटिहानी–६ स्थित जर्लाहावा गाछी टोलीमा आज बिहानदेखि आगलागी भएको हो । परालको कुन्यूबाट सल्किएको आगो बस्तीमा पसेको हो । आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार ५१ वटा घर पूर्णरुपमा जलेका छन् । महोत्तरी, धनुषाका विभिन्न पालिका, प्रहरी र भारत समेतबाट दमकल ल्याएर आगो निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर