कीर्ते बिल बनाएर साढे दुई लाख भुक्तानी लिएकाे आरोपमा लेखा अधिकृतविरुद्ध मुद्दा

होटलको कीर्ते बिल बनाएर रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

होटल सञ्चचालकसँग खाली बिल मागेर त्यसमा कीर्ते बिल भरपाई तयार गरी लेखा अधिकृत बुढाले दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारले बताएको छ।

होटलमा कार्यक्रम गरेको भनिएपनि बिलमा उल्लेख भएको मिति र कार्यक्रममा उपस्थित मानिसको संख्या फरक परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अख्तियारले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजालीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

होटल सञ्चालकले खाली बिलहरुमा छाप लगाई पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत बुढालाई दिएको र उनीबाट २ लाख ६२ हजार ५०२ भुक्तानी पनि लिएको अख्तियारले बताएको छ।

पञ्चपुरी नगरपालिकाका अधिकृत छैटौं लालबहादुर सुवेदी र तुलसी केसीले लेखा झुटा बिल भर्पाइ बनाएर लेखा अधिकृत बुढालाई रकम भुक्तानी गर्न सहयोग गरेको भन्दै भ्रष्टाचार मुद्दामा मतियार भनी मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *