आम निर्वाचनमा गठबन्धन गर्ने सत्तारूढ दलहरूको निर्णय अराजनीतिक : शंकर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारूढ दलहरूको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् ।

आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरूले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो भनाइ राखेका हुन् ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा भने हुने नगरेको दाबी गरे ।

महासचिव पोखरेलले सत्तारूढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाए ।

महासचिव पोखरेलले एमाले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *