२ लाख घुससहित लेखा अधिकृत पक्राउ
२२ असार २०८० १९:१८
मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकृत शेखर खनाललाई दुई लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि उनले घुस माग गरेका थिए।
घुस मागेको भन्ने सूचना पाएपछि इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको प्रवक्ता दाहालले बताए।
- वास्तविक खर्चको १० प्रतिशत मात्र आकार बढाएर नयाँ बजेट ल्याउन अर्थमन्त्रीलाई महासंघको सुझाव
- उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब
- नीति तथा कार्यक्रम कार्यान्वयन हुनेगरी बजेट आउँछ : अर्थमन्त्री पुन
- अशोक राई नेतृत्वको जसपा दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश
प्रतिक्रिया