मिडिया काउन्सिल विधेयक छलफलका लागि समितिमा

नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद प्रेम सुवालले बैठकको गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक सङ्ख्या यकिन गर्न निर्देशन गरेका थिए । गणपूरक सङ्ख्या पुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक यही भदौ २५ गते शनिबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर