बबईं नदीमा बाढी खतरा संकेतभन्दा माथि, दिउँसो १ बजेसम्म सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले बबई नदीमा पानी सतह खतरा तह पार गरेको भन्दै नदी आसपासको क्षेत्र सतर्कता आउनाउन आग्रह गरेको छ । बाढी सूचना केन्द्रले केही समय अघि सूचना जारी गर्दै दाङ र बर्दियाको तटीय क्षेत्रमा दिउँसो १ बजेसम्म सुरक्षा अपनाउन आग्रह गरेको छ । केन्द्रले बाढीको बारेमा सूचनामा पछिल्लो  ६ घण्टामा बबईं जलाधार क्षेत्रमा अत्याधिक वर्षा भएकाले दाङ र बर्दियाको डुबानमा पर्दै आएको क्षेत्रमा सतर्कता आउन आग्रह गरेको हो ।
‘बबई नदी जलाधारको चेपाङ,दाङ,घोराई,मनिकापुर आसपास पछिल्लो ६ घण्टा भारी बर्षा भएको छ,बबई चेपाङमा आकस्मिक बहाव भई जलसतहले खतरा तह पार गरेको र बढ्दो छ,’ सूचनामा भनिएको छ, ‘बबई तटिय क्षेत्र,दाङ,बर्दियाको डुवान भईरहने होचा स्थानमा दिउँसो १ बजे सम्म सुरक्षित रहौ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *