दुर्घटना रोक्न मकवानपुर ट्राफिक प्रहरीले थाल्यो सडकमै सवारी साधनको यान्त्रिक परीक्षण

चाडपर्वमा बर्सेनि बढ्दो सवारी दुर्घटना रोक्न मकवानपुरमा मेकानिकल इन्जिनियरमार्फत सवारी साधनको यान्त्रिक परीक्षण थालिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले स्थानीय मेकानिकल इन्जिनियरसँगको समन्वयमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने साना–ठूला सवारी साधनकाे सडकमै यान्त्रिक अवस्था जाँच गर्न थालेको हो। शनिबार हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष पोखरेलको कमाण्डमा खटिएको ६ जना ट्राफिक प्रहरी र स्थानीय मेकानिकल इन्जिनियरले ५२ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरेका छन्।

सवारी साधनको पार्टपुर्जा ठीक नहुँदा सवारी दुर्घटनाको जोखिम हुन्छ। सो अवस्था बुझ्न र बेलाबेलामा पार्टपुर्जा चेकजाँच तथा मर्मतका लागि चालकलाई सचेत गराउन यान्त्रिक जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *