विद्यार्थीहरूलाई ओपीडी सेवामा ५० प्रतिशत छुट हुन्छ : अनेरास्ववियु

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरूलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो ।

मन्त्रालयले स्वास्थ्य मन्त्रालयअन्तर्गतका संघीय अस्पतालहरूमा उपचार गर्न जाने विद्यार्थीहरूलाई विद्यार्थी परिचयपत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तहअन्तगर्तका सरकारी अस्पतालहरूमा समेत यसैबमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने भनी मन्त्रीस्तरीय निर्णय भएको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष सुदेश पराजुलीले सरकारी, सामुदायिक विद्यालयत तथा क्याम्पसका विद्यार्थीहरूलाई सरकारी अस्पतालहरुमा ओपीडी सेवामा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्ने सहमति भएको बताए । उनले सरकारी अस्पतालको ओपीडी सेवामा विद्यार्थी परिचयपत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने बताए । उनले अनेरास्ववियुले यसलाई विद्यार्थी आन्दोलनको उपलब्धिको रूपमा लिएको बताए ।

विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसूती तथा स्त्री रोग, आयुर्वेद चिकित्सालयलगायतका देशभरका २७ वटा अस्पताल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर