वित्तीय अपराधबारे अध्ययन गर्न ‘ग्लोबल डर्टी मनी वाचडग’को कार्यदल नेपाल आउँदै

वित्तीय अपराध र आतंकवादी गतिविधिसँग सम्बन्धित आर्थिक कारोबारको निगरानी गर्ने ‘ग्लोबल डर्टी मनी वाचडग’को कार्यदल अध्ययनका लागि नेपाल आउने भएको छ । ग्लोबल डर्टी मनी वाचडग द फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को टोली अध्ययनका लागि नेपाल आउन लागेको हो ।

टाेलीमा न्युजिल्याण्ड, अष्ट्रेलिया, फिलिपिन्स र बंगलादेशसहित विभिन्न १० देशका प्रतिनिधि संलग्न रहेछन् । कार्यदलले असोजमा ३ दिन र मंसिरमा १४ दिन नेपालमा बसेर आर्थिक कारोबारको अवस्थाबारेमा अध्ययन गर्नेछ ।

कार्यदलले कर, राजस्व, मालपोत, सरकारी वकिल, अदालतका रजिष्ट्रार, प्रहरीहरूलाई भेटेर सम्पत्तिसम्बन्धी अवस्था अध्ययन गर्ने हो । सो कार्यदलको आधारमा नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा वित्तीय कारोबारमा सहजता वा असहजता अवस्था सिर्जना हुन्छ।

कार्यदलले सन्तोषजनक अवस्था पाएन भने विश्वभर नेपालको वित्तीय कारोबार रोकिन सक्छ, एलसी खोल्न कडाइ हुन्छ । अहिले कालोसूचीमा उत्तर कोरिया र इरानसहितका देश रहेका छन् । जबकि दक्षिण एशियाको देश पाकिस्तान पनि ग्रे लिस्टमा रहेको छ । पाकिस्तानले सम्पत्ति शुद्धीकरणसम्बन्धी विभिन्न कदमहरू चाले पनि सो सूचीबाट हट्न सकेको छैन ।

पछिल्लो समयमा युरोपेली देश माल्टा सो सूचीमा परेको छ । एफएटीएफको कार्यदल सन् २०१६ मा पनि नेपाल आएको थियो । उनीहरूले नेपालको अनुगमनमा अत्यधिक भ्रष्टाचार, कर छली, हुण्डीको कारोबार, मानव बेचबिखन, यौन शोषण, आप्रवासी कामदारको अवैध ओसारपोसार र कालोबजारीलाई उच्च जोखिमका क्षेत्र रहेको औँल्याइएको थियो ।

नेपालमा लागुऔषध ओसारपसार, संगठित अपराध, चन्दा आतंक, जालसाजी, बैंकिङ कसुर, नक्कली मुद्राजस्ता आर्थिक अपराधजन्य गतिविधि रोक्नका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर