नेप्से परिसूचक १०.२७ अंकले वृद्धि

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १० अंकले बढेको छ । आइतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो ।

आइतबार कारोबारमा आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूहबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा जीवन बीमा उपसमूहको शेयर मूल्य ०.५ प्रतिशतले घटेको छ । होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्येश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस ऊर्जाको शेयर मूल्य ६.११ प्रतिशतले बढेको छ ।

तर, यता नयाँ सारथी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने ग्रामीण विकास लघुवित्तको ३.३८ प्रतिशतले घटेको छ ।

आइतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *