सम्पदाहरूको संरक्षणबाट मात्रै पर्यटन प्रवर्द्धन सम्भव : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्न सकिने बताएका छन् ।

उनले नेपालमा भएका सम्पदाहरू संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताएका हुन् ।

इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताए । उनले इन्द्रजात्रालाई विश्वव्यापी रूपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताए ।

उनले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्नमा मात्र सीमित नभई मनोरञ्जन, उत्साह र उमङ्ग, खुशीसँग जोडिएको बताए । मेयर शाहले काठमाडौं उपत्यकाका तीन जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्त्व रहेको भन्दै सबै पर्वहरूलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *