कांग्रेसले घोषणापत्रमा पूरा हुन नसक्ने विषय नलेख्ने

नेपाली कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ ।

समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो । कांग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो । सो समितिमा पार्टीका सहमहामन्त्रीहरूका साथसाथै पार्टीभित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरूलाई समेटिएको छ ।

घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै कांग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामहरूलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताए । उनले घोषणापत्र तयारीका काम सुरु भएको बताए ।

उनले नेपाली कांग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाँड्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *