समानुपातिक सूची नसच्याए कांग्रेस संस्थापन पक्षविरुद्ध विद्रोह गर्ने शेखर समूहको चेतावनी

नेपाली कांग्रेसकाे संस्थापन पक्षले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ ।

शनिबार काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरूले सो निर्णय नसच्याए पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन ।

सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरू विद्रोह गर्न बाध्य हुने चेतावनी दिए । उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दबाब दिए ।

नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीहरूलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरर बस्ने काम नगर्न सचेत गराए ।

अर्का नेता भूपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढने चेतावनी दिए । उनले पार्टीले टिकट नदिएपनि आफू कालिकोटमा प्रतिनिधि सभा निर्वाचन लड्ने घोषणासमेत गरे ।

नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति शेरबहादुर देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरु विदोह गरेर अघि बढन बाध्य हुने बताए । सभापति शेरबहादुर देउवाले निर्वाचनको टिकट वितरणमा एकलौटी निर्णय लिने कामलाई अघि बढाएको भन्दै उनले आपत्ति जनाए ।

नेता केसीले देउवा पार्टीको सभापति भए पनि भित्र एक पक्षीय ढंगले अघि बढेकाले त्यसको विरोध गर्नुपरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *