देशलाई राप्रपाले अपार उन्नतिको बाटोमा लैजान्छ : पशुपति शमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले नेपालीहरू सबै मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरूको बह्ह्मलुट अन्त्य गर्नुपर्ने बताए ।

उनले आगामी निर्वाचनबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने बताए । नेता जबराले मुलुकलाई उज्यालो दिशामा लैजान आफू सदैव लागिरहने प्रतिबद्धता जनाए ।

उनले देशलाई अब राप्रपाले अपार उन्नतिको बाटोमा लैजाने दाबी गरे । उनले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर