मुलुकमा परिवर्तन गर्ने शक्ति कांग्रेस, माओवादी र एकीकृत समाजवादी हुन् : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा जनतालाई निसंकोचतापूर्वक देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा उभिएको जनकारी दिनुपर्ने बताए ।

उनले गठबन्धन एक भइरहँदा प्रतिपक्ष दलहरूले माओवादी र कांग्रेसको विषयमा विरोधी कुराहरू ल्याइरहेको भन्दै त्यसलाई गठबन्धनका दलले चिर्न सक्नुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले मुलुकमा परिवर्तन गर्ने शक्ति भनेको नेपाली कांग्रेस र माओवादी तथा एकीकृत समाजवादी रहेको दाबी गरे ।

मुख्यमन्त्री पोखरेलले संविधानमाथिको अतिक्रमण र प्रतिगमनका विरुद्धमा एकजुट हुनु स्वाभाविक भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *