मलाई प्रधानमन्त्री बनाउन मात्रै गठबन्धन बनेको होइन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित सत्तारूढ गठबन्धनको बागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बतएका हुन् ।

उनले कसैले प्रजातन्त्रविरोधी कार्य गर्न पनि नसक्ने बताए । उनले गठबन्धन कायम रहेमा समावेशिताको खिलाफमा पनि कोही जान नसक्ने बताए ।

प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालीन समय भएकाले आपसमा झगडा गर्न नहुने बताए । उनले गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्ने बताए । उनले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताए ।

प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पारे । देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उनले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गरे ।

चुनावमा कुनै पनि दलको बहुमत नआउने भएकाले आपसमा मिल्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । गठबन्धनका दलहरूबीच आपसमा एकताबद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उनले आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *