काठमाडौं २ का जनताको सेवामा निरन्तर लाग्छु, निर्वाचन क्षेत्र परिवर्तन गर्दिनँ : ओनसरी घर्ती

सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने बताएकी छन् ।

काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै पूर्वसभामुखसमेत रहेकी उनले अब सोही क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन् ।

सोमबार शंकरापुर नगरपालिकाले तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टीभित्र र गठबन्धनमा पनि धेरैपटक छलफल भएको बताइन् । उनले सो सन्देश स्थानीय जनतामा पुर्‍याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिइन् ।

घर्तीले काठमाडौं क्षेत्र नेम्बर २ का स्थानीय जनप्रतिनिधिहरूले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिबद्धता जनाइन् । स्थानीय तहका जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेको प्रतिबद्धता पूरा गराउन केन्द्रमा पहुँच पुर्‍याउन आफू सक्षम रहेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर