मोटर स्पोर्ट गेम्समा सहभागी हुने नेपाली टोली फ्रान्स प्रस्थान

फ्रान्सको मार्सेल्लीमा आयोजना हुन लागको मोटर स्पोर्ट गेम्सका लागि सोमबार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ ।

फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआईए)द्वारा फ्रान्समा आयोजना गर्ने मोटर स्पोर्ट गेम्समा सहभागी हुने ६ सदस्यीय नेपाली टोली सोमबार फ्रान्स प्रस्थान गरेको हो ।

सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी सदस्य यकेन्द्र कुँवर, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चतुरानन्दराज वैद्य, एफआईए वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टटराई, नेपालका लागि डेनमार्कका कन्सुलर हरि धरेल, नासा नेपालका अध्यक्ष दशरथ रिजाललगायतले बिदाइ गरेका थिए ।

नेपालको तर्फबाट अनिल बरालले पुरुष अटो स्लेलम, जिस्वा तुलाधर श्रेष्ठले महिला अटो स्लेलम र दिप्रश शाक्यले कार्टिङ स्प्रिन्टको सिनियर विधामा सहभागिता जनाउने छन् । कार्टिङ स्प्रिन्टमा सहभागिता जनाउन लागेका दिप्रश शाक्यले प्रतियोगिता विश्वकपस्तरको भएको र ओलम्पिक संरचनामा खेलाइने बताए । शाक्यले विश्वस्तरको प्रतियोगितामा देशको प्रनिधित्व गर्नु पाउनु आफ्नो लागि ठूलो मौका भएको बताए ।

यस्तै अटोल स्लेलममा नेपालको तर्फबाट महिला र पुरुष विधामा सहभागिता जनाउन लागेका अनिल बराल र जिस्वा तुलाधर श्रेष्ठले प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्ने बताए । ९० देशले सहभागिता जनाउने प्रतियोगितामा नेपालको पनि झण्डा फहराउने अवसर भएको भन्दै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धा गर्ने अटो स्लेलमका प्रतिस्पर्धीले बताए ।

ओलम्पिक फरम्याटमा हुने यो नै एफआईएको एक मात्र प्रतियोगिता हो । संसारमा अत्यन्त लोकप्रिय रहेको मोटर स्पोर्टस नेपालमा डेढ दशक अघिबाट नासा नेपालको नामबाट आधिकारिक रूपमा शुरुवात भएको हो । प्रतियोगितामा १७ वढी विधामा विश्वभरका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । अक्टोबर २६ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालले एफआईएको विश्वस्तरीय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर