अछाममा सर्पले डसेर म्यादी प्रहरी घाइते

सर्पले डसेर अछाममा एक जना महिला घाइते भएकी छन्।

मंगलसेन नगरपालिका–३ लाछिमनाकी ३५ वर्षीया  किरण थापा बोगटीलाई शनिबार सर्पले डसेको हो।

उनी आगामी मंसरि ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षार्थ खटिने म्यादी प्रहरीमा छनाेट भएकी महिला हुन्।

शनिबार बिहान ९:३० घर नजिकै खेतबारीमा घाँस काट्ने क्रममा उनलाई बायाँ हातमा सर्पले डसेको थियो।

सर्पको डसाइबाट घाइते भएकी बोगटीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर