छठ मनाउन जनकपुर पुगिन् कांग्रेस नेतृ आरजु

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा छठ पर्व मनाउन जनकपुरधाम पुगेकी छन्।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ मनाउन आरजु आइतबार जनकपुरधाम गएकी हुन्।

उनले जनकपुरधामको प्रसिद्ध गंगासागर घाटमा अपराह्न ४ बजे छठी मातालाई अर्घ दिने कार्यक्रम रहेको मिडिया संयोजक आशा थपलियाले जानकारी दिइन् । उनका अनुसार छठ घाटमा अर्घ दिएपछि कांग्रेसका पूर्वउपसभापति तथा नेता विमलेन्द्र निधिको गृहनगर नगराईनस्थित छठ घाटमा समेत पूजाआजा गर्ने कार्यक्रम छ ।

छठअन्तर्गतका अस्ताउँदो सूर्यलाई अर्घ र बिहानको उदाउँदो सूर्यलाई अर्घ दिएर प्रसाद ग्रहणपछि फर्किने कार्यक्रम तय गरिएको नेपाली कांग्रेसकी नेत्री ममताकुमारी महतोले जानकारी दिइन् । आरजुसँगै हालै कांग्रेस प्रवेश गरेकी निवर्तमान सांसद चन्दा चौधरी पनि छठ मनाउन जनकपुरधाम पुगेकी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर