व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुन जरुरी : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुन जरुरी रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक ‘एक बाघी’ लोकपर्ण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् ।

उनले साहित्यकार संग्रौला आफूसरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीहरूले सिक्नुपर्ने कुराहरू धेरै रहेको बताए । महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्ने कुरा सिकाएको बताए । उनले साहित्यकार संग्रौलाको नयाँ पुस्तक ‘एक बाघी’ कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरूमा आधारित रहेको बताए ।

महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरूले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर