प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत थम्प्सनबीच भेटघाट

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन रिचार्ड थम्प्सनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्।

केही दिनदेखि निरन्तर उच्चस्तरीय भेटघाटमा व्यस्त रहेका राजदूत थम्प्सनले मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति शर्मासँग भेट गरेका हुन्।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर