विप्लवको पार्टीले निर्वाचन विथोल्ने

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कार्तिक ४ गते बसेको केन्द्रीइ कमिटीको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए । उनले निर्वाचनको विरुद्धमा भण्डाफोर अभियान, पर्चा वितरण, जुलुस र सभाहरूको आयोजना गरिने बताए । पार्टीले निर्वाचनमा भाग नलिन जनताहरूलाई अपिल गर्ने पनि उनले जानकारी दिए ।

चुनाव खारेज अभियानलाई सहयोग पुग्नेगरी केन्द्रीय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको छ ।

बैठकले २९ सदस्यीय पोलिटब्यूरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको छ भने केन्द्रीय कमिटीको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ । त्यस्तै नवौँ महाधिवेशनसँग सम्बन्धित आर्थिक हिसाबकिताबलाई कार्तिक मसान्तसम्म केन्द्रित गरेर बन्द गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य बुढामगरले जानकारी दिए ।

त्यसैगरी यही कार्तिकमा नवौं महाधिवेशन विशेषाङ्क मुखपत्र र नयाँ दृष्टिकोण प्रकाशित गर्ने, पार्टीको केन्द्रीय पुस्तकालयलाई सुव्यवस्थित गर्न पुस्तकालय विभागले कामलाई निरन्तर अगाडि बढाउने निर्णय गरिएको पनि उनले बताए ।

बैठकले पार्टीका नेता वीरजङको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाई पार्टीको धारणा बनाउने निर्णय गर्न स्थायी समिति सदस्य विश्वकर्माको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर