मन्दिर सफा गर्ने क्रममा चिप्लिएर लड्दा म्यादी प्रहरीको मृत्युु

धादिङमा मन्दिर सफा गर्ने क्रममा चिप्लिएर लड्दा म्यादी प्रहरीको मृत्यु भएको छ।

त्रिपुुरासुन्दरी गाउँपालिका–१ पीपलगाउँका २४ वर्षीय म्यादी प्रहरी भवानी खकुरालको मृत्यु भएको हो।

सोमबार दिउँसो २ बजे त्रिपुुरासुन्दरी–२ स्थित इलाका प्रहरी कार्यालय सल्यानटार परिसरभित्र रहेको मन्दिर सरसफाइ गर्ने अचानक चिप्लिएर लड्दा खकुुराल घाइते भएका थिए।

घाइते उनलाई स्थानीय अस्पताल हुँदै नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र र थप उपचारका लागि सोही दिन राति ११ बजे न्युरो अस्पताल बाँसबारी लगिएको थियो।

उनको न्युरोमै उपचारको क्रममा मंगलबार दिउँसो ३ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *