रूपन्देहीमा पेस्तोल देखाएर नगद लुटपाट, दुई भारतीय पक्राउ

रूपन्देहीमा भएको एउटा नगद लुटपाटको घटनामा पेस्तोल, गोली र म्यागजिनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

गत असोेज २३ गते अपराह्न ४ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ पर्सा महिलावारस्थित भित्री सडक नवजीवन स्कुल अगाडि लु ५० प ७५९ नम्बरको भारतीय मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले पेस्तोल देखाएर लु ५० प ७५९ नम्बरको मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपाललिका वडा न. ११ मोग्लाहस्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीको साथबाट १० लाख ९० हजार रुपैयाँ लुटेका थिए।

घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा कात्तिक १० गते साँझ ६ बजे कोटहीमाई गाउँपालिका वडा नं. १ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा यूपी५८भी१८१४ नम्बरको भारतीय मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना चिलुवाताल पोष्ट मोहरीपुर ग्राम भगवानपुर बस्ने चालक २८ वर्षका सुनीलकुमार सहानी र मोटसाइकलमा पछाडि सवार भारत उत्तर प्रदेश जिल्ला गोरखपुर थाना सहजनवा पोष्ट ग्राम घगसरा रिठुअखओर बस्ने २६ वर्षका शशिकांत भट्टको साथबाट पेस्तोल, गोली र म्यागजिनसहितका सामान बरामद गरेको हो।

प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ। यस्तै उनीहरूले प्रयोग गरेको मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा छ।

पक्राउ परेका सुनीलकुमार सहानीको साथबाट प्रहरीले सन्मिका इडिन्स्ट्रयल लेखेको सेमी अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागजिन एक थान। म्यागजिनमा रहेको गोलीको पिँधमा केएफ ७.६५ लेखेको राउण्ड पाँच थान, रेडमी ९ कम्पनीको मोबाइल एक थान र चालक अनुमतिको कार्ड एक थान बरामद गरेको छ।

यस्तै शशिकांत भट्टको साथबाट घरेलु बनावटको कटुवा पेस्तोल एक थान, सो कटुवा पेस्तोलमा लाग्ने गोलीको पिँधमा ८ एमएम केएफ लेखिएको गोली राउण्ड एक थान, एमआई मोबाइल एक थान र शशिकांत लेखेको आधारकार्ड एक थान बरामद भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर