गठबन्धनले जिते विकासका कामले गति लिन्छ : राजेन्द्र बजगाईं

गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीतिक दलप्रति वितृष्णा उठिरहेको भन्दै नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले त्यसो भनेका हुन् ।

नेता बजगाईंले दलका प्रतिनिधिहरूले काम गर्न सकेनन् भन्ने जन जनआवाज उठिरहेको र अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताए ।

नेता बजगाईंले पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिह्नमा कसरी मतदान गर्ने भन्ने संशय पैदा भइरहेकाले ठूला नेताहरूले नै एकअर्कालाई स्विकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

उनले यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दाबी गर्दै गठबन्धनका उम्मेदवारहरूलाई धेरैभन्दा धेरै मत दिएर जिताउन आग्रह गरे । उनले नेपालमा गठबन्धनका नेताहरूबाट नै विकासका कामहरूले गति लिने दाबी गरे ।

उनले गोरखाको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए । नेता बजगाईंले गठबन्धनले नै संविधान र जनताको हकहितको रक्षा गर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर