आमनिर्वाचनका लागि १०० मतदान केन्द्र अपांगमैत्री बनाइँदै

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपांगमैत्री बनाइने भएको छ ।

निर्वाचन आयोगले गरेको निर्णयअनुसार ती केन्द्रमा सांकेतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रंगीचंगी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ ।

आयोगले निर्वाचनका लागि कुल २२ हजार दुई सय २६ मतदान केन्द्र तय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर