राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बिहीबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । वाचापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारिएको छ । संघीय सरकारमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको हो ।

त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेण्डा छ ।

त्यस्तै उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि उसको एजेण्डामा छ । भारतसहित केही मुलुकमा उपराष्ट्रपति माथिल्लो सभाको अध्यक्ष हुने व्यवस्था छ ।

त्यस्तै प्रदेशमा पनि जनताद्वारा निर्वाचित मुख्यमन्त्री रहने व्यवस्थाको पक्षमा रास्वपा देखिएको छ । त्यस्तै संवैधानिक परिषद् खारेज गरी प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायहरूमा नियुक्ति हुने प्रबन्ध मिलाइने उसको वाचापत्रमा लेखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *