इप्रका इटहरीका सहायक हवल्दार सञ्जीव क्षेत्रीको निधन

प्रहरी सहायक हवल्दार सञ्जीवकुमार राउत क्षेत्रीको निधन भएको छ। इलाका प्रहरी कार्यालय खोटाङबजार, खोटाङ दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीमा कार्यरत सहायक हवल्दार क्षेत्रीको शुक्रबार निधन भएको हो।

ड्यटीका क्रममा एक्कासी बिरामी परेपछि उनलाई उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौं ल्याइएकोमा सोही अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ४:३० बजे उनको निधन भएको हो।

प्रहरी संगठनका एक होनहार हवल्दारको निधन भएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले दुःख व्यक्त गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर