जनताको आवाजलाई संसद्मा बलियो बनाउन राप्रपाले जित्नुपर्छ : मनीषा कोइराला

चर्चित अभिनेत्री मनीषा कोइरालाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङ्देनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारिन्।

भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो। अभिनेत्री कोइरालाले बीपीको विचारलाई पनि लिङ्देनले आत्मसात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन्।

‘आज म यहाँ उभिएको छु राजेन्द्रजीको मुख हेरेर। उहाँको भाषण सुनेर। उहाँले जब भन्नु भएको थियो नि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो, त्यो कुरा सुनेर नेपालले असल नेतृत्व पायो भनेर मलाई मनबाटै लाग्यो,’ अभिनेत्री कोइरालाले भनिन्।

उनले जनताको आवाजलाई संसद्मा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरूले जित्नुपर्ने बताइन्।

अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर