काठमाडौं २ मा सडक र खानेपानीको समस्या समाधान गर्छु : कुन्ती पोखरेल

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी कुन्ती पोखरेलले आफ्नो क्षेत्रको सडक र खानेपानीको समस्या समाधान गर्न लागिपर्ने बताएकी छन्।

आइतबार काठमाडौं क्षेत्र नं. २ अन्तर्गत शंखरापुर नगरपालिकाको वडा नंं. ८ मा घरदैलोको क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो क्षेत्रको समस्या समाधानका लागि लागिपर्ने बताएकी हुन्।

उनले आफूले काठमाडौं क्षेत्र नं. २ को घरदैलोमा जाँदा सडक र खानेपानीको समस्या समाधानका लागि स्थानीयले अनुरोध गरेको भन्दै सो समस्या समाधानका लागि आफूले भूमिका खेल्ने बताइन्। संघीय सरकारसँग प्रशस्त बजेट भए पनि काठमाडौं क्षेत्र नं. २ मा काम गर्ने मान्छे नभएको उनले बताइन्।स्थानीयको समस्या समाधानका लागि आफू निरन्तर लागिरहने उनले बताइन्।

उनले राप्रपालाई भोट हाल्नका लागि स्थानीय उत्साहित भएको प्रतिक्रिया दिइन्। चुनावी गीत–संगीत र चुनाव चिह्न हलोमा भोट हाल्न अपिल गर्ने नाराबाजीसहित पोखरेलको घरदैलो चलेको थियो। उनले आफू धेरैभन्दा धेरै मतदाताको घरमा पुग्ने प्रयास गरिरहेको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *