चिर्पट प्रहार गरेर हत्या, एक पक्राउ

दाउराको चिर्पट प्रहार गरेर मोरङमा एक जनाको हत्या भएको छ।

मोरङको बूढीगंगा गाउँपालिका–७ कमलपुरका २३ वर्षीय करण सरदारको हत्या भएको हो।

हत्या अभियोगमा सोही गाउँपालिका–५ का २४ वर्षीय राजेश सरदार पक्राउ परेका छन्।

प्रहरीका अनुसार करणले आपसी विवादमा चिर्पट प्रहार गरी राजेशको हत्या गरेका हुन्।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका राजेशको उपचारका क्रममा गोल्डेन अस्पताल, विराटनगरमा मृत्यु भएको हो।

पक्राउ परेका करणमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *