भक्तपुरमा आगलागी, एकको मृत्यु

भक्तपुुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

भक्तपुर मध्यपुरठिमी नगरपालिका–६ राई टोल, माथिल्लो कुण्डोलकी प्यारालाइसिस रोगी सुस्त मनस्थितिकी २५ वर्षीया अस्मिता केसीको आगलागीमा परेर मृत्यु भएको हो।

मंगलबार राति पौने ८ बजे कुण्डोलस्थित ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको ईंट्टा र काठले बनेको जस्ताको छाना भएको तीन तल्ले घरमा अचानक आगलागी भएको थियो।

आगलागीमा परेकी आत्माराम केसीकी छोरी अस्मिताको शव भेटिएको हो।

यस्तै हरिशरण केसीकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरेर अस्पताल पठाइएकोमा उनी डिस्चार्ज भइसकेकी छन्।

आगलागी सेना, प्रहरी, सशस्त्र प्रहरी, भक्तपुर नगरपालिकाका दुईवटा दमकल, जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर