सजिलै चुनाव जित्छु : पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी छन्।

गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी मन्त्री भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताएकी हुन्।

बिहीबार ललितपुर क्षेत्र नं. ३ अन्तर्गत हरिसिद्धिमा घरदैलोपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले विगतमा आफूले सुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको बताइन्। उनले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीनवटा नै तहको सरकार र निजी क्षेत्रसमेतसँग सहकार्य गरेर काम गर्ने बताइन्।

उनले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्ने विश्वास पनि व्यक्त गरिन्। मन्त्री भुसालले ललितपुर क्षेत्र नं. ३ लाई नमूना क्षेत्रको रूपमा अगाडि बढाउने बताइन्।

उनले ललितपुर क्षेत्र नं. ३ बाट आफूले जित्ने माहोल बनेको बताइन्। आफूले दुई कार्यकाल गरेका कामहरू हेरेर जनताले मतदान गर्ने उनको भनाइ छ । मतदाताहरू पनि आफूप्रति सकारात्मक भएको उनले बताइन्।

मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडि रहेको उल्लेख गर्दै प्रतिनिधि सभाको निर्वाचन पनि सजिलोसँग जित्ने दाबी गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर