देशलाई आत्मनिर्भर बनाउन सक्ने नेतृत्व चयन गर्न आवश्यक : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनबाट देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने नेतृत्वको चयन गर्नुपर्ने बताएका छन्।

बिहीबार ललितपुरमा भएको चिनियाँ नयाँ नेतृत्वले नेपाल र विश्व सम्बन्धमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्। उनले भविष्यको नेतृत्व चयन गर्दा सधैँ विदेशीबाट ऋण लिएर राज्य सञ्चालन गर्ने नभई देशलाई आत्मनिर्भर बनाउँछु भन्ने नेतृत्व चयन गर्न आवश्यक रहेको बताए।

अध्यक्ष तिमिल्सिनाले आसन्न निर्वाचनबाट नेतृत्व चयन गर्दा अहिले भएकामध्येबाट राम्रा उम्मेदवारहरूलाई जिताउन आवश्यक रहेको बताए। उनले राजनीतिमा लागेका नयाँ युवा पुस्ताहरूले आफ्नो हस्तक्षेपकारी भूमिका निर्वाह गर्न ठोस एजेण्डासहित आउन जरुरी रहेको बताए।

अध्यक्ष तिमिल्सिनाले नेतृत्वले गरेका कामबाट विश्वले नेपालको नाम लिनसक्ने बनाउन सक्षम नेतृत्वलाई जिताउन आवश्यक भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर