मतदानपछि विष्णु पौडेलको दाबी- ‘यो निर्वाचन एमालेले जित्छ’

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका हुन्। पाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दाबी गरे। उनले मतदाताहरुमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताए। उनले निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजाने बताए।

उपाध्यक्ष पौडेलले यो निर्वाचनमा नेकपा एमाले विजय हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर