२४ मतदानस्थलमा १३७ राउण्ड हवाई फायर

प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदानका क्रममा उत्पन्न जटिल स्थिति नियन्त्रणका लागि १३७ राउण्ड हवाई फायर गरेको छ। ७ जिल्लाका २४ मतदानस्थलमा मतदानका क्रममा विवाद भएपछि उत्पन्न स्थिति नियन्त्रणका लागि उक्त संख्यामा हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

चितवनमा १, दार्जुलामा ३, रौतहटमा ३, बाजुरामा ७६, दोलखामा २९, सिराहामा ३ र हुम्लामा २२ राउण्ड हवाई फायर भएको हो।

बिहान ७ बजेबाट सुरु भएको मतदानका लागि निार्वाचन आयोगले तोकेको समय सकिएको छ। मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने आयोगले जनाएको छ।

मतदानका क्रममा कतै मतपेटिका जलाइएका छन् भने कतै बम विष्फोटसमेत भएको छ। केही स्थानमा विवादका कारण मतदान स्थगित पनि भएको छ।

निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले  पत्रकार सम्मेलन गरी जानकारी गराउने छ।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर