सरकारले भन्यो- ‘सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल’

सरकारले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएको छ। आइतबार निर्वाचन सकिइसकेपछि न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुरक्षाको दृष्टिकोणले निर्वाचन पूर्ण रूपमा सफल भएको बताएका हुन्।

उनले निर्वाचन बिथोल्ने गतिविधिको चेतावनी दिने समूहले चेतावनीअनुसार कुनै पनि गतिविधि नगरेको र निर्वाचन सम्पूर्ण रूपमा सफल भएको बताए। उनले सुरक्षा निकायको तदारुकता र कार्ययोजनाको कार्यान्वयनको मुख्य भूमिकाका कारण निर्वाचनको सुरक्षा व्यवस्थापन पनि चुस्त भएको बताए।

र, याे पनि-

आईजीपी धिरजले धानेको प्रहरीको निर्वाचन ‘सुरक्षा साख’

गृहसचिव सिंहले आन्तरिक असमझदारीका कारण केही पार्टीका प्रतिनिधिहरू र स्थानीयको केही उच्छृंखल क्रियाकलापले गर्दा केही स्थानहरूमा निर्वाचन स्थगित भएको बताए।

गृहसचिव सिंहले कतिपय स्थानमा ४ वटा मतपत्रहरू बेग्लाबेग्लै बाकसमा हाल्नुपर्नेमा तदनुरुप नभएर केही स्थानमा अलग्गै बाकसमा राख्दा समस्या भएको बताए।

गृहसचिव सिंहले मतदानमा रहेका प्रतिनिधिरूबीचको विवादले पनि केही स्थानमा अवरोध सिर्जना भएको पाइएको बताए। उनले थानीय र केही उश्रृंखल तत्वले निर्वाचनमा अवरोध गर्दा केही ठाउँको मतदान रोकिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर