आमनिर्वाचन-२०७९

काठमाडौं १० मा कांग्रेसका केसीले लिए सुरुवाती अग्रता

काठमाडौं क्षेत्र नं. १० को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन्। कांग्रेसका राजेन्द्रकुमार केसीले सुरुवाती अग्रता लिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणनाअनुसार केसीले १०८० मत प्राप्त गरेका छन्।

कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ मत ल्याएर पछ्याइरहेका छन्।

नेकपा एमालेका हिमेश केसीले ६७२, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले ५९५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १६० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *