आमनिर्वाचन-२०७९

समानुपातिकमा कुन दलको मत कति ?

आइतबार सम्पन्न प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणनाको आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम विवरणानुसार एमालेले २ लाख ३८ हजार २२९ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसले २ लाख १५ हजार २५६ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या १ लाख १० हजार ३१ छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) को ९९ हजार ५, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५६ हजार ६०५ र जसपाको १८ हजार २७५ मत छ।

यो जनमत पार्टीको १६ हजार ९९६, नेपाल मजदुर किसान पार्टीको १५ हजार ४०५, नेकपा (एकीकृत समाजवादी)को १३ हजार ४, नागरिक उन्मुक्ति पार्टीको ११ हजार ११७ र अन्यको ४९ हजार ५५२ मत रहेको छ ।

प्रदेश सभामा समानुपातिक मत कसको कति ?

निर्वाचन आयोगको मतगणनासम्बन्धी पछिल्लो विवरणानुसार प्रदेश नं १ मा एमालेले ५८ हजार ४७२ र कांग्रेसले ५१ हजार ६८१ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले २१ हजार ८४२, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ३१२, जनता समाजवादी पार्टीले ७८३९ र अन्यले २५ हजार २११ मत प्राप्त गरेका छन् ।

मधेस प्रदेशमा भने प्रदेश सभाको समानुपातिकतर्फ कांग्रेस पहिलो स्थानमा देखिएको छ । कांग्रेसले मधेस प्रदेशमा १३ हजार ६९० र एमालेले १२ हजार १५० मत पाएको छ । त्यस्तै जनमत पार्टीले १० हजार ७५३ मत पाएको छ । जनता समाजवादी पार्टीले ५ हजार ४८४, माओवादी केन्द्रले ४ हजार ६५७ र अन्यले १३ हजार ९५५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा प्रदेश सभातर्फ एमालेले ३१ हजार ६२६, कांग्रेसले २९ हजार ८४३, राप्रपाले १७ हजार ७५३, माओवादी केन्द्रले १५ हजार ३८६, नेपाल मजदुर किसान पार्टीले १५ हजार २५३ र अन्यले ११ हजार २६५ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले ६० हजार ७२०, कांग्रेसले ४५ हजार ५०६, माओवादी केन्द्रले १६ हजार ४९३, राप्रपाले १० हजार ४९०, एकीकृत समाजवादीले ४ हजार ९८१ र अन्यले १० हजार ४०७ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले ७९ हजार ७२८, कांग्रेसले ६२ हजार २९३, माओवादी केन्द्रले २२ हजार १७०, राप्रपाले १८ हजार १२९, नागरिक उन्मुक्ति पार्टीले ७ हजार २४१ र अन्यले २८ हजार ७३१ मत प्राप्त गरेका छन् ।

यसैगरी कर्णाली प्रदेशमा समानुपातिकतर्फ माओवादी केन्द्रले ६ हजार ८५१, एमालेले ३ हजार ४५३, कांग्रेसले २ हजार २६६, राप्रपाले ५५९, एकीकृत समाजवादीले ५३५ र अन्यले ६५० मत प्राप्त गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभातर्फ समानुपातिकको मतपरिणामबारे विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *